इटहरी : मंगलबार भक्तपुरमा भेटिएका कोरोना संक्रमित एक युवक ससस्त्र प्रहरी भएको खुलेको छ । उनि एक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको हो ।

चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।

भिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएपछी नेकपा स्थायी कमिटिको बैठक स्थगित गरिएको छ ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना हो ।