धरान : सुनसरीको कोशी गाउँपालिका-१ यादव टोलबाट लागूऔषध सहित १ जना भारतिय नागरीक पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट मंगलवार राती साँढे ११ बजे खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत-७ का २७ बर्षीय शंकर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. १०० ml को २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको छ ।

पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।