इटहरी : बुधबार दिउसो २ बजे सम्म कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । मन्त्रालयले जारीको गरेको बिज्ञप्ति अनुसार बुधबार कपिलवस्तु र बाँकेमा गरि दुइ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

बुधबारै बाँकेका नेपालगंजका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयको अनुसार दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।