इटहरी : नेपाली भूमिमा भारत सरकारले राजमार्ग निमार्ण गरेको विषयमा नेपाल विद्यार्थी सङ्घले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै नेबिसंघ सुनसरीले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै नेपाल सरकारकै कारण सीमा मिचिएको आरोप लगाएको छ । ४ वटा बुद्धामा समेटिएको ज्ञापन पत्रमा काठमाडौँमा पक्राउ परेका नेबिसंघका अध्यक्ष, महामन्त्री सहित अन्य कार्यकर्ताको रिहाइको माग गरिएको छ ।

कूटनैतिक पहलबाट सीमा समस्याको समाधान गर्नको नेबिसंघले आग्रह छ । नेबिसंघ जिल्ला उपाध्यक्ष विक्रम घिमिरेको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारले आफ्नो भूमि फिर्ता ल्याउन पहल नगरे नेबिसंघ आन्दोलनको आँधीबेहरी ल्याउन तयार रहेको घिमीरेले बताए ।

घिमिरे सँगै जिल्ला उपाध्यक्षहरू बुद्धहाङ लिम्बु, सुवेच्छु देवान, जनता बहूमुखी क्याम्पस इकाई सभापति सहदेव काफ्लेको समेत उपस्थिति थियो । सोही दिन भारत सरकार विरुद्ध आन्दोलनरत नेबिसंघका १४ जना नेताहरू धरानबाट पक्राउ परेका छन् ।