इटहरी : वीरगन्जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेका छन् । बुधबार भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना भने अस्पतालको सम्पर्कमा आएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार एकजना संक्रमित सम्पर्कमा आएको हुन् ।

भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको छ ।

नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।