प्रकाशपुर : सुनसरीको रामधुनी नगरपालिका बाट भक्तपुर पुगेकी कोरोना संक्रमण पुष्टि भएपछी उनिसंग सम्पर्कमा आएकाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । रामधुनी नपा घर भएकी नर्सको परिवार सहित २० जनाको स्वाब संकलन गरिएको हो ।

ड्युटीको लागि रामधुनीबाट भक्तपुर फर्केपछि उनको काठमाडौंमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा कोरोना पुष्टी भएको थियो । चैत्र १० गते झुम्का आएकी ति महिला जिल्ला प्रशासन कार्यालय इनरुवाबाट पास बनाएर आफन्तको सहयोगमा मोटरसाइकलबाट भक्तपुर पुगेकी थिइन् ।

२५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्ने गरेको थिइन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार उनि संक्रमित संग सम्पर्कमा आएका अन्यहरुको समेत खोजि कार्य भइरहेको छ । तत्काललाई भने परिवारका ४ जना सदस्य सहित २० जनाको स्वाब परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

संक्रमित महिलासँगको क्लोज कन्ट्याकमा रहेका ११ जना आएका थिए भने अन्य ९ जना संग उनको सम्पर्क भएको प्रशासनले जनाएको छ । 

सुनसरी प्रशासनका अनुसार कोरोना संक्रमित भेटिएकी महिला दिदीको घरमा समेत बसेको पाइएको छ । संक्रमितकी दिदी रामधुनी नगरपालिकाको वडा सचिव हुन् ।