इटहरी : बुधबार नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ बजेर ५० मिनेटमा जारि गरेको बिज्ञप्ति अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयको विज्ञप्ति अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुष र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक महिलामा र नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा संक्रमण देखिएको हो । 

बुधबार दिउसो मात्र नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो । यो संगै बुधबार मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ।