धरान : धरान उपमहानगरपालिकाले लकडाउनको समयमा कोरोना भाइरसको रोकथामकालागि गरेको काम र आगामी तयारीबारे छलफल भएको छ ।

धरान उपमहानगरपालिकाको सभाहलमा सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र र धरान उपमहानगरपालिकाका विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा भएको सो छलफलमा धरान उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिमको पुर्व तयारीको बारेमा छलफल भएको धरान उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए ।

सरकारद्वारा लकडाउन घोषणा भए पछि धरान उपमहानगर क्षेत्रमा कोरोना नियन्त्रण र सचेतनाका लागि भईरहेका कामको विषयमा केन्द्रित रहेर छलफल भएको थियो । पछिल्लो समय नेपालमा झन झन कोरोनाको जोखिम बढदै गएकोले धरान उपमहानगरपालिकाले यसका लागि पुर्व तयारी र धरान भित्रको क्वारेनटाइनको व्यावस्थापनको विषयमा व्यापक छलफल भएको थियो ।