धरान  : नेपालमा थप पाँच कोरोना संक्रमित भेटिएका छन । यो संगै संक्रमितको संख्या २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको विहान ७ : ४५ बजेको अपडेट अनुसार सर्लाहीको धनकौल गाँउपालीका निवासी ४५ बर्षीय पुरुष, धनुषाका ४० बर्षीय पुरुष र २० बर्षीय महिला तथा महोत्तरीका १६ र ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।