धरान : कोरोना भाइरस सङ्क्रमण बढ्दै गइरहेको पछिल्लो अवस्थामा स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पहिले नै सङ्क्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भए पछि कोरोना सङ्क्रमितको सङ्ख्या फेरी घटेको छ ।

स्वास्थ्य मन्त्रालयले आज बिहान ७ : ४५ बजे सार्वजनिक गरेको विज्ञप्तिमा ५ जना सङ्क्रमितको विवरण पुरानै सङ्ख्यालाई दोहोर्‍याएको भन्दै सङ्क्रमितको सङ्ख्या घटाइएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ सय ५० पुगेको जनाइएको थियो ।

तर फेरी बिहान १० बजेर ४५ मिनेटमा अर्को विज्ञप्ति निकाल्दै मन्त्रालयले सङ्क्रमितको सङ्ख्या २४५ नै रहेको उल्लेख गरेको छ । बिहान ७ बजेर ४५ मिनेटमा थपिएका भनिएका पाँच जना सङ्क्रमित पुरानै सङ्ख्या दोहोरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा पछिल्लो अद्यावधिक विवरणमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ हुन गएको जानकारी गराउन चाहन्छु’, अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Bigyapti