धरान :  नवलपरासीका एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २४६ पुगेको छ।

नवलपरासीको देवचुली नगरपालिका निवासी एक ४९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो।

भरतपुर अस्पताल चितवनमा गरीएको नमुना परिक्षण गर्दा सङ्क्रमण पोजेटिभ देखिएको हो।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ सङ्क्रमित व्यक्ति भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल भित्रिएर बुधवार जाँचका लागि आएका थिए।

उनलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।