धरान : गृह मन्त्रालयले एउटा जिल्ला भित्र सवारी सञ्चालनका लागि दिएको पास आज खारेज गरेको छ ।

गृह मन्त्रालयमा आज बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । आज भएको निर्णय ‘शनिवार वाट लागू हुने गरी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको बताइएको छ ।