धरान : प्रदेश १ सरकारले पछिल्लो समय कोरोना परीक्षणलाई तीव्रता दिएको छ ।

अहिले सम्म प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ ।  पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश १ मा यति बेला ३ ठाउँबाट पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । त्यस्तै आरडिटी विधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचार पछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ ।