इटहरी : काठमाडौंमा एक सहित बिहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार बेलुका ८ बजेर ३० मिनेटमा जारि गरेको बिज्ञप्ति अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।