धरान : नेपालमा शुक्रवार बिहान थप ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा थप नौ जनामा सङ्क्रमण पुष्टि गरेको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ । बाँकेमा नयाँ देखिएका कोरोना सङ्क्रमित दक्षिण भारतबाट आई क्वारेनटाइनमा बसेकाहरू रहेको बताइएको छ ।

आज पछिल्लो थपिएका सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २५८ जना पुगेको छ भने निको हुनेको सङ्ख्या ३५ पुगेको छ ।