धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सीमा विवाद समाधान, कोरोनापछिको अर्थतन्त्र लगायतका विषयमा महत्त्वपूर्ण छलफल गर्दे बैठक सम्पन्न भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बैठकमा सुझाव माग गरेको र आफूहरूले सुझाव दिएको जानकारी दिए । स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा छलफल भए पनि अर्को मिति तय नभएको बताइएको छ ।