धरान : धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकष्मीक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेपाली काँग्रेसले केएन ९५ मास्क वितरण गरेको छ ।

बेलायतमा रहेका रोबट विश्वकर्मा र वर्षा रसाइलीबाट ३० हजार, बेलायतमै रहेका भास्कर राईबाट १५ हजार र बाँकी तरुण दल जिल्ला उपसभापति सन्तोष विश्वकर्मा, तरुण दल क्षेत्रीय उपसभापति रवि राईले थप रकम सहयोग गरी ६० हजार बराबरको केएन ९५ मास्क प्रतिष्ठानको आकस्मिक कक्षमा आज वितरण गरिएको हो ।

नेपाली काँग्रेस धरान उपमहानगरका सभापति तथा नगरप्रमुख तिलक राई र सचिव श्याम पोख्रेलले तरुण दलका प्रतिनिधिहरूको उपस्थितिमा सो परिमाणको मास्क वितरण गरेका थिए ।  समाचार सङ्कलनका लागि प्रतिष्ठान पुगेका केही संञ्चारकर्मीहरुलाई पनि केही थान मास्क वितरण गरिएको बताइएको छ ।