इटहरी : राष्ट्रपति विद्यादेवी भण्डारीले शहरका सडकहरुमा सडक बालबालिका र मगन्ते मुक्त भएको बताएकी छन् । आर्थिक बर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले सहरका सडकहरुमा मगन्ते मुक्त भएको बताएकी हुन् ।

भण्डारीले शौचालय निर्माण र प्रयोग गर्न बिसयमा नेपालिहरु एक कदम माथि पुगेको सार्वजनिक गरिन् । भण्डारीले भनिन् 'शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याइ नेपालीलाई सभ्यताको एक स्तर माथि उठाउने कार्यमा दक्षिण एसिया मै पहिलो हुने सफलता मिलेको छ।'

गत बर्षको मेरो सरकार 'सच्चियो'

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधन सच्याएकी छन् । गत वर्ष संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति भण्डारीले 'मेरो सरकार' भनेकी थिइन्।

शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकार भनेकी छैनन् । उनले 'वर्तमान सरकार', 'यो सरकार' र 'नेपाल सरकार' भनेर सम्बोधन गरेकी छन् ।