इटहरी : बर्तमान केपी ओली नेतृत्वकै सरकारले नेपाललाई विकासशील राष्ट्र बनाउने रास्ट्रपति विद्यादेबी भण्डारीले बताइन । सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले बिस २०८७ अगाडी दिगो विकासको लक्ष्य हाँसिल गर्ने र विस २०९९ सम्म समुनंत रास्ट्र बनाउने बताइन ।

‘२०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना कार्यक्रमहरु अघि बढाइएको छ। सरकारको यही कार्यकालभित्र विकाशील राष्ट्रको पंक्तिमा उभ्याइनेछ।'

आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुतको क्रममा भण्डारीले यस्तो कुरा उल्लेख गरेकी हुन् । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।