धरान : भारतले नेपालको भूमि मिचेर सडक बनाएको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल धरान उपमहानगर कमिटीले धरानमा प्रदर्शन गरेको छ ।

Youba-sangh-1

आज अपराह्न सत्तारुढ दल नेकपा निकट युवाहरूले छाताचोकस्थित पार्टी कार्यालयबाट र्‍याली निकालेका थिए । भारतीय हस्तक्षेप मुर्दावाद, लिम्पियाधुरा, कालापानी नेपालको हो भन्दै नारा लगाएका थिए । र्‍यालीलाई प्रहरीले रोकेर पम्प लेट खोस्ने प्रयास गरेको थियो । तर युवाहरूले प्रहरीलाई छल्दै दौडिएर भानु चौक पुगेका थिए ।

Youba-sangh

युवा सङ्घले भानु चोकमा कोणसभानै गरेको थियो । कोणसभालाई लाई युवा सङ्घका केन्द्रीय सदस्य हिमाल लिम्बुले सम्बोधन गरे । विश्वमा महामारीकोरुपमा कोरोना भाइरस फैलिरहेको बेलामा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको प्रति लिम्बुले भर्त्सना गरे ।