धरान : शुक्रबार साँझ फेरी नेपालमा थप ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप नौ जनामा सङ्क्रमण पुष्टि गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षण अनुसार पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४,५ र तुलसीपुर ७ निवासी २३,३६ र ३४ वर्षीय पुरुष, काठमाडौँ सतुङगल निवासी ७ वर्षीय बालक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।