धरान : उदयपुरमा पनि एक जना पत्रकारमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

अहिले साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष उल्लेख गरिएको व्यक्ति पत्रकार रहेको खुलेको हो ।

उनि गाईघाटमा बसेर पत्रकारिता गर्दै गरेको उदयपुरका संचारकर्मी तथा बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बानका) केन्द्रीय कोषाध्यक्ष नवीन राईले जानकारी दिएका छन् ।

संक्रमित पत्रकारले उदयपुरमा पछिल्लो पटक पत्रकारहरुको कोरोना परिक्षणको क्रममा उनको स्वाब लिईएको भुल्केका पत्रकार यदु ढकालले जानकारी दिए ।

यस भन्दा अघि पर्सामा २ जना र धनुषाको जनकपुरमा १ जना र पछिल्लो समय उदयपुरमा १ जना गरी नेपालमा जम्मा ४ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् ।