धरान : सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला अस्पताल सुनसरीमा संक्रमित युवतीको परिवार र उनीसग सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव लिएर परिक्षणकोलागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

गएराति आएको रिपोर्ट अनुसार परिक्षणमा पठाईएका १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको र एक जनाको पुन: परिक्षणको लागि रिस्याम्पलीड गर्नुपर्ने भएको जिल्ला अस्पताल सुनसरीको निमित्त प्रमुख सन्तोष राईले जानकारी दिएका छन्।

एक जनाको भोली पुन: थोट स्वाव लई परिक्षणकोलागि पठाइने उनले बताए ।।