धरान : शनिवार बिहान फेरी नेपालमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७३ पुगेको छ ।

शनिवार बिहान थपिएका सङ्क्रमितहरूमा पहिलो पटक सिराहामा पनि कोरोना सङ्क्रमित फेला परेका छन् । सिराहाको सखुवा १९ निवासी ३० वर्षीय पुरुष, बर्दियाको नार्खु ११ निवासी २८ वर्षीय महिला, पर्सा वीरगन्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवन गढौली १ निवासी २५ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कुल २ सय ७३ जना कोरोना सङ्क्रमित पुगेका छन् भने ३६ जना निको भएका छन् ।