धरान : उदयपुरका कोरोना सङ्क्रमित पत्रकारलाई विराटनगरको कोरोना विशेष अस्पताल ल्याईपुर्याईएको छ ।

हिजो साँझ कोरोना सङ्क्रमण पुष्टि भएका पत्रकारलाई अस्पताल पठाउन उदयपुरका एम्वुलेन्सहरुले सङ्क्रमित बिरामी बोक्न नमान्दा अस्पताल सम्म पुर्‍याउन ढिलो भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए ।

बिहान सङ्क्रमित बिरामीलाई अस्पताल पठाउनका लागि एम्बुलेन्स खोज्नमै समस्या भएको बताइएको छ । बल्ल एम्बुलेन्सको व्यवस्थापन गरेर विराटनगर ल्याई पुर्याईएको हो । कोरोना सङ्क्रमित पत्रकारको अवस्था सामान्य रहेको बताइएको छ ।

उदयपुरमा कोरोना सङ्क्रमण त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै सीमित रहेकोमा गाईघाट बजार बस्ने पत्रकारलाई पनि कोरोना सङ्क्रमण देखिएकोले कोरोनाको जोखिम थप बढेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।