धरान : शनिवार बिहान मात्रै थप ३ जना कोरोना सङ्क्रमित थपिएर सङ्क्रमितको सङ्ख्या २७६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार नयाँ कोरोना सङ्क्रमित पुष्टि भएकाको सङ्ख्या तीन जना कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।