संखुवासभा : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं-५ का वडाध्यक्ष श्याम निरौलामाथि खकुरी प्रहार भएको छ ।

निरौलामाथि खकुरी प्रहार गर्ने स्थानीय युवा सुरेन तामाङ पक्राउ परेका छन् ।  सुरेशले बाटो हिँडिरहेको अवस्थामा पछाडिबाट साँझ ९ बजेको समयमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट टाउकोमा चोटलागि घाइते भएका निरौला  र खकुरी प्रहार गर्ने तामाङ मुटुरोगि भएकाले  दुबैलाई खाँदबारी अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर राईले जानकारि दिए ।

नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष समेत रहेका निरौलामाथि के कारणले उनीमाथि आक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खाँदबारीले जनाएको छ ।