विराटनगर : विराटनगर महानगरपालिकाकि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका वडा नं –४ ईक्राइका २४ वर्षीय वीरेन गडेरीलाई प्रहरीले शनिबार विहान पक्राउ गरेको हो । बालिकालाई मुख थुनि बोल्नसमेत नदिइ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका गडेरीलाई नियन्त्रणमा लिएर जवरजस्ती करणी मुद्दामा अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरिने राईले जानकारी दिए ।