ताप्लेजुङ : ताप्लेजुङ फुङ्लिङ वडा नं -३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको तमोर नदीमा डुबेर मृत्यु भएको छ ।

गत जेष्ठ ३ गते शुक्रबार दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन ।

स्थानीयले प्रहरीलाई जानकारी गराउनासाथ प्रहरीको टोलि पुगेर २०० मिटर तल नदीको किनारमा न्यौपानेको शव फेला पारेको थियो । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।