सुनसरी : झापामा छुट्टाछुट्टै स्थानमा लागुऔषध सहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरी झापा कोशी गाँउपालिका वडा नं -६ श्रीपुरजव्दी झा का २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ७ बजे को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी पक्राउ पर्नेमा झापा शिवसताक्षी वडा नं -४ बुलुचौक बस्ने ३५ बर्षीय रामबहादुर बि.क लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती ९ बजे झापा गौरिगंज वडा नं -११ मा रंगेथान स्थितमा हिडिरहेका रामबहादुरलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।