इटहरी : २७ औँ मदन आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरी १७ लबीपुर चौक उत्तर वृक्षारोपण गरिएको हो । लबीपुर विषमपुर अमाहाहुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम सम्पन्न भएको छ । संविधानसभाका सदस्यहरू धर्म निरौला,रेवती रमण भण्डारी,नेकपाका केन्द्रीय सदस्य निर्मल बराल, प्रदेशसभा सदस्यहरू सर्वध्वज सावाँ, लिलम बस्नेत,इटहरीका मेयर द्धारिकलाल चौधरी,उपमेयर लक्ष्मी गौतम,नेकपा प्रदेश सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्ट, नेकपा प्रदेश सदस्य चिरञ्जीवी भट्टराईले आँपको बिरुवा रोपे छन् ।

यसै गरी नेकपा जिल्ला नेताहरू याम सुब्बा, राज कुमार गिरी,सागर सुवेदी,नेकपा नगर अध्यक्ष वहादुरसिं तामाङ,नेपाली काँग्रेस नगर सभापति हेम कर्ण पौडेल,उपसभापति शिव दाहाल,इटहरी उपमहानगरका वडाध्यक्षहरू हर्क मगर,वालकृष्ण विष्ट, चन्द्र भट्टराई प्रकाश चौधरी,हेमानन्द दाहाल,भगवानलाल शाह,श्रीनारायण चौधरी, वडासदस्यहरु, नेकपा नेता रेवती घिमिरे,टे«ड युनियन काँग्रेसका नेता ज्योति कोइराला लगायतले वृक्षारोपण गरे ।

सामाजिक दुरी कायम गरेर आयोजित कार्यक्रममा उपस्थित भएर वृक्षारोपणमा सरिक हुने सबैलाई मेयर द्धारिकलाल चौधरीले धन्यवाद ज्ञापन गरे ।