धरान : नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना सङ्क्रमण भएको छ ।

शनिवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको बताइएको छ ।

यसअघि काठमाडौँमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवलदारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको बताइएको छ ।