धरान : झापा जिल्लाको कचनकबल गाउँपालिका वडा नं-५ स्थित पिल्लरको भारतिय सिमानाबाट प्रहरीले जिउँदो सालक फेला पारेको छ । सिमाना लक गरेको भनिएपनि प्रतिबन्धित बन्यजन्तुको चोरी तस्करी भइरहेको खुलेको हो ।

गत शुक्रबार प्रहरी चौकी पाठमारि बाट खटिएको गस्ति टोलिले कचनकबल गाउँपालिकाको भारतिय सिमानामा सालक फेला पारेको थियो ।

सिमानाको पिल्लर नम्बर ११२ र ११३ को बिचमा सेतो बोरामा चेकजाँच गर्दा जिउँदो सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता साकार राज पन्तले जानकारी दिए ।

प्रहरीले फेला पारेको सालक डिभिजन बन कार्यालय झापालाई चन्द्रगढिलाई बुझाइएको जनाएको छ ।