धरान : धरान उपमहानगरले स्थापना गरेको फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल सहयोग छ ।

शनिबार सामाजका अध्यक्ष मिङ्मा भोटेले धरान उपमहानगरपालिका उप-प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेका थियो ।

उप प्रमूख भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै र धरानमा तेस्रो चरणको राहत वितरण भइरहेको जानकारी गराउदै लकडाउन अवधि थपिदैं गएकाले राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरीन । हस्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

धरान संखुवासभा सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो भएकाहरुलाई समन्वय गर्ने तथा सहयोग साथै विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको संरक्षक सदस्य शिला वज्राचार्य ले बताइन ।

समाजले वीपी प्रतिष्ठानमा उपचाररत संखुवासभा चैनपुर निवासी ५५ वर्षीय छत्रबहादुर रम्तेललाई नगद रु १० हजार सहयोग गरेको छ ।
यस अघि पनि मिङ्मा भोटेको सकृयतामा ३ नं. वडाको ७० घर परिवारलाई राहत वितरण गरेको थियो ।