झापा : झापाकाे नेपाल भारत सिमानाबाट मानिसहरुको ठुलो समुह जबर्जस्ति नेपाल छिर्न खोजेपछि सिमानामा गोलि चलेको छ । कचनकवलको सिमाक्षेत्रमा शनिवार साँझ सशस्त्रले गाेली चलाएको हो ।

भारतीय समूहले प्रहरी माथि हमलाकाे प्रयास गरेपछि प्रहरीले फायरिङ गरेकाे स्थानीयले बताएका छन् । १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीकाे टाेलीमाथि हमला प्रयास भएपछि फायरिङ गरेको थियो ।

आक्रमण गरेर नेपाल छिर्न खोजेकाहरुलाई सशस्त्रले गरेको प्रतिकारलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले साथ दिएका छन । लिङदेनले नेपाल तिर जबरजस्ती छिर्न खोजेको बिषयलाई फेसबुक भर्सना गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन् 'अहिले राती कचनकवल १ घेरावारीमा सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीहरु माथि भारतीय नागरिकहरुबाट भएको आक्रमण प्रयासको भत्सर्ना गर्दछु,सशक्त प्रतिकार गरि आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद ब्यक्त गर्दछु ।'