काठमाडौं : युवाहरुले घरघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय नक्सा जलाएका छन्। नेपालको भूमीमा भारतले सडक बनाएको विरोधमा राष्ट्रिय सिमा रक्षा अभियान नेपालका युवाहरुले घरघरमा नक्सा र पुत्ला जलाएका हुन्।

अभियानकर्मीहरु रविन जङ्ग बस्नेत, समीर बुढाथोकी, निर्ग जैसी, संघर्ष दहाल, एलिजा ढकाल, पुजा खुशी लगायतको आह्वानमा देशैभरका थुप्रै युवाहरुले शनिबार साझ पुत्ला र नक्सा जलाएका हुन्। कवरोना महामारीलाई ध्यानमा राख्दै घरघरबाटै जलाएको बताएका छन्।

'हरेकले आफ्नो घरको छत छतमा र आँगनमा नेपाली भूमी लिपुलेक लिम्पियाधुरा, कालापानीमाथि भएको भारतीय सीमा अतिक्रमणका विरुद्ध विरोध जनाउँदै #Backoffindia# लेखेर मोदिसहित भारतले जारी गरेको राजनीतिक नक्सा जलाएको अभियानकर्मी रविन जंग बस्नेतले जानकारी दिए।

यसअघि सो अभियानकर्मीले माईतीघर मण्डला, बानेश्वरको संसद भवन र बबरमहललगायतको ठाउँमा प्रदर्शन गरेको थियो। नेपालमा कोरोनाले एक जनाको मृत्यु र संक्रमितहरुको संख्या बढेसँगै उनीहरुले सडक आन्दोलन स्थगित गरेर सामाजिक संजालबाट आन्दोलन जारी राखेको अर्का अभियानकर्मी समिर बुढाथोकीले बताए ।

http://annapurnapost.com/ बाट