धरान :  आइतबार  बिहान (आज)नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको सँख्या २९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएकोमा रौतहट राजपुर न.पा. फरहदवा-९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ पुरुषहरू र रौतहट इशनाथ न.पा. ३, ५ निवासी २८, ३०,  ३३ वर्षीय पुरुषहरू रहेका छन्।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको ।