इटहरी : ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट सर्लाहीमा प्रहरीले हतियार बरामद गरेको छ ।

लकडाउनको समयमा ‘प्रेस’ लेखेको भारतीय नम्बरको मोटरसाइकलबाट आइतबार बिहान प्रहरीले हतियार बरामद गरेको हो ।

सर्लाहीको विष्णु गाउँपालिका ३ मा बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले बताए ।

उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।