जनकपुरधाम : महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको नेतृत्व तहकै सैनिक अधिकारिमा कोरोना पुष्टीभएपछी पूरै ब्यारेकलाई सील गरिएको छ । संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो ब्यारेकलाई अहिले सील गरिएको हो ।

सैनिक अधिकारी संगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो । सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् ।

त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्नका लागि भनिएको छ ।

महोत्तरीका प्रमुअ जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार उनीहरु दूबैजनालाई उपचारका लागि काठमाडौँ पठाई सकिएको छ । उनले भने ‘ दूबैलाई उपचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँ पठाइएको हो । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा चलिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने ‘दूबै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आई रहेका थिए ।’ अहिले उनीहरुको कन्टाक्ट ट्रेसिंगको काम भई रहेको छ । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार सो पृृतना भित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो ।

सेनाको नेतृत्व तहमै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको माहौल रहेको छ । उनीहरु दूबैको सम्पर्कमा कयौ सेनाहरु आएकाले संक्रमणको खतरा त्यहाँ पनि रहेको बताइएको छ ।