इटहरी : कोरोना भाइरसको कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु बाँकेमा भएको पाइएको हो ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।