धरान : मोरंगको विराटनगरमा दुई र धनकुटामा एकजना गरि तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा धनकुटाकि ३४ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो भने विराटनगरमा ३६ बर्षीय पुरुष र २९ बर्षीय महिलामा रहेका छन् ।

यो संगै प्रदेश १ मा कोरोना पुष्टी भएकाहरुको जम्मा संख्या ३९ छ । निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।