इटहरी : आइतबार बिहान बिराटनगरमा मृत्यु भएको भनीएका इटहरीका देविप्रसाद दुलालको आफ्नै श्रीमती र उनका प्रेमीले हत्या गरेको पाइएको छ । श्रीमती मिना श्रेष्ठको डिजाईनमै दुलालको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

१० बर्ष अगाडी प्रेम बिबाह गरेका देविप्रसाद र मिनाको हाल ८ बर्षका छोरा छन् । प्रेम बिबाह गरेका दुलालको प्रेम सम्बन्धकै कारण हत्या भएको हो ।

विराटनगरमा औषधी व्यवसाय गर्दै आएका दुलालको उनकै श्रीमती मिना र उनका प्रेमी भनीने ब्रम्हदेव शाहले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखीएको छ । शनीबार साँझ खाना खाएर सुत्ने बेलामा मिनाले ब्रम्हदेबलाई बोलाएर घाँटी थिची हत्या गरीएको प्रहरीले जनाएको छ ।

त्यसपछी घटनालाई सामान्य बनाउन मिनाले बिहान ३ बजे नै मृतक दुलाललाई कोसी अस्पताल पुर्याएको पाईन्छ ।

३३ वर्षीया मीना र उनका प्रेमी सिरहाको लाहान नगरपालिका ११ का २१ वर्षीय ब्रह्मदेव शाहले मिलेर हत्या गरेको प्रहरीले दाबी गरेको छ । हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखेर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी थालीएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

इटहरीको खनार घर भएका दुलालले विराटनगरमा देवी माँ पाथीभरा फर्मा नामको औषधी डिलर सञ्चालन गरेका थिए । सोही डिलरमा चार वर्षदेखि काम गर्दै आएका ब्रम्हदेव संग मिनाको प्रेम सम्बन्ध गाँसीएको थियो । दुईजना प्रेममा परेपछी दुलालले ५ महिना अगाडीनै ब्रम्हदेवलाई काम बाट निकालीदिएका थिए ।

कामबाट निकालिदिए पनि दुईजनाको प्रेम सम्बन्ध निरन्तर चलीरहेको थियो । सोही बिषयले गर्दा दुलालका श्रीमान र श्रीमतीबीच बारम्बार झगडा भइरहन्थ्यो । मिनाले प्रहरीलाई दिएको बयान अनुसार आफूहरुको प्रेममा बाधक बनेको भन्दै ब्रह्मदेवसँग सल्लाह गरेर गत शुक्रबार दुलालको हत्या गर्ने योजना बनाएका हुन् ।

हत्याको प्रमाण फेला नपरोस् भन्नको लागी योजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाउँदै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको प्रहरी प्रमुख अधिकारीले बताए । हत्याको क्रममा ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको बायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।

शवको प्रकृती हेर्दा हत्याको शंका लागेर अनुसन्धान थालीएको प्रहरीले जनाएको छ । दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत बेगेको देखीन्थ्यो । दुलाल सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर ९ स्थित झाडीबाट फेला पारेको छ । घटनाको प्रमाण नष्ट बनाउन हत्यामा प्रयोग गरिएका सामान घटनास्थलबाट लगेर अन्यत्र फ्यालिएको पाइएको प्रहरीको भनाइ छ ।