धरान : धरान उपमहानगरपालिक  वडा नं -१० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा.योगेन्द्र राईले बताए ।

संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईका अनुसार बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ ।

हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीमाको लागी संचालक समितीको बैठक बसी निर्णय गरेको उनले खुलाए ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण गर्ने उद्देश्यका साथ सामुहिक बीमा अर्न्तगत एक वर्षसम्म मान्यता हुने गरि बीमा गरिएको सहकारीका प्रबन्धक जितबहादुर राउतले जानकारी गराए ।

लकडाउनको अवस्थामा समेत ग्राहकहरूलाई आर्थिक समस्या नहोस भनि सहकारीले हप्तामा दुई दिन आइतबार र बुधवार विहान ११ देखि २ बजेसम्म सेवा दिइरहेका छा । प्रबन्धक राउतका अनुसार  संस्थामा कार्यरत कर्मचारीहरूमा जोखिमबाट सुरक्षाको लागी तथा सेवा दिनका लागी प्रोत्साहन गर्नका लागी बीमा गरिएको हो । धरानको सहकारी मध्ये यसरी बीमा गर्ने आफ्नो सहकारी पहिलो रहेको उनले दाबी गरे ।