धरान :धरान १४ बिजयपुरको बमधारा मार्गका एक पुरुषले झुन्डिएर आत्महत्या गरेको अवस्थामा शब फेला परेको छ ।

धरान १४ बमधारा मार्ग बस्ने डिक बहादुर याख्याले धरान वडा नं ४ खरखरे गई जम्फरको इजारमा झुन्डिएको अवस्थामा शब फेला परेपछि खरखरेका स्थानियहरुले धरान इलाका प्रहरि कार्यालयलाई खवर गराएको र प्रहरी टोलिले दिउँसो ४ बजे परिचय नखुलेको लासको एवंम् घटनास्थलको मुचुल्का तयार पारि लगेको धरान इलाका प्रहरी कार्यालयका इन्सपेक्टर हेमराज ओलीले जानकारि दिए ।

परिचय नखुलेको शव अन्य जिल्ला वा अञ्चलबाट आएको हुन सक्ने भएकाले पोष्टर्माटम नगरिएको धरानका सबै वडाहरुमा सुचना दिएपछि खोजतलासि गर्दै बुधबार निजकी श्रीमती सुकसरि याख्याले आफ्नो श्रिमान हो भनि जाहेरि दिन बिहान ११ बजे आएपछि लासको थप प्रकृया अगाडि बढाएको ओलीले बताए ।