धरान नेपालमा फेरी कोरोना भाइरस सङ्क्रमित ५३ जना थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सङ्क्रमितहरू ४७ जना बाँकेका रहेका छन् । ती मध्ये ४६ जना पुरुष र एक महिला रहेको बताइएको छ । मोरङ, गुल्मी, रौतहट, धनुषा, दाङ र धादिङमा पनि एक एक जना सङ्क्रमित पुष्टि भएको डा. देवकोटाले जानकारी दिएका छन् ।

अहिले सम्म नेपालमा कुल सङ्क्रमित ३५७ पुगेको छ भने दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ ।