धरान : झापाको गौरादह ४ मा राती १० बजेको समयमा गाईको बाच्छो काटेर खुट्टा र टाउको खेतमा पुर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह ४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार रहेका छन् । मङगलबार राती १० बजे रमेश दर्जीको घरमा तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको खबर स्थानीयले जानकारी दिएका थिए ।

स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि ३ जना पक्राउ गरेको होृ ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको पनि खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ।