इटहरी : इटहरीको राहत कोषमा प्रदेश नम्बर १ की उपसभामुख शारदा पोखरेलले ५० हजार सहयोग गरेकी छिन् ।

पोखरेलले उपमहानगरमै आएर प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमलाई हस्तान्तरण गरेकी हुन् ।

प्रदेश विपद् व्यवस्थापन कोषमा समेत रकम जम्मा पोख्रेलले गरेकी थिइन् । व्यक्तिगत तवरबाट ५० हजार सहयोग गरेकोमा नगरवासीको तर्फबाट प्रमुख चौधरीले पोखरेललाई धन्यवाद ज्ञापन गरेका थिए ।