इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३ लाई शिल गरिने भएको छ ।

इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो । संयन्त्रले उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ ।

मंगलबार इटहरी २ का १८ बर्षीय युवालाई वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट आएलगत्तै आज बिहान मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा आकस्मिकरुपमा बैठक बसेको थियो ।