धरान : काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् ।

भक्तपुर र ललितपुरमा पनि एक एक जना नयाँ संक्रमित भेटिएका छन् ।

विवरण अनुसार झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।