इटहरी : धनकुटा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । बिपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षणमा उनिहरु ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।

स्रोतका अनुसार एक जना महिला चार जना पुरुष रहेका छन् । उनीहरु सबै अस्पतालमा काम गर्ने बुझिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीय महिलालाई कोरोना पुष्टी भएपछि आसपासका ८३ जनाको स्वाब परिक्षणको लागि लगिएको थियो ।